Trending
भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न     |     साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने     |     अमेरिकामा बाढीले १३ जनाको मृत्यु     |     आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना     |     एसीसी यु-१६ : फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल     |     कर्णाली प्रदेशको ३३ अर्बको बजेट बहुमतले पारित     |     भेरीगंगामा चट्याङ लागेर एकको मृत्यु     |     असार ५ देखि बेपत्ता सवारी चालकको शव भेरी नदी किनारमा फेला     |     ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित…     |     बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह     |    
समाचार

नख्खु खोलामा बगेका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङले पाए सम्मान

१३ आश्विन २०८१, आईतवार १३:४१

१३ असोज,काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन्। आइतबार उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरे।

तामाङले हिजो शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए । टहराको छानामाथि चढेर गुहार मागिरहेका चारजनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए ।

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लंदो भेलमा हाम फालेर दुईजनाको उद्धार गरेका थिए  । उद्धार गरिएका दुवैजनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ ।

सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफैँ पौडेर उत्रिएका थिए, भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुईजनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए ।

आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताए।

काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्र निकट सहिद परिवारका सदस्य हुन्। उनको दाई तत्कालीन जनमुक्ति सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को माओवादी सशस्त्र युद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्