Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
खेलकुद

जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक

१० आश्विन २०८२, शुक्रबार २२:३१

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले शुक्रबार नयाँ लोगो सार्वजनिक गरेको छ।

टोलीका अनुसार उक्त लोगोले मधेश प्रदेशको क्रिकेटप्रेम, सांस्कृतिक धरोहर र आत्मसम्मानलाई प्रतिबिम्बित गर्नेछ। बोल्ट्सले सार्वजनिक लोगो केवल खेलाडी वा क्लबको मात्र नभई मधेश प्रदेशकै जनता र उनीहरूको पहिचानको प्रतीक बन्ने विश्वास लिएको छ।

ड्रिम स्पोर्ट्स प्रालिको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको थियो। लाहिरु मिलान्थाले फाइनलमा ४९ बलमा ८७ रन प्रहार गर्दै सुदूरपश्चिम रोयल्सविरुद्ध जित सुनिश्चित गराएका थिए। त्यस्तै ललित राजवंशी उत्कृष्ट बलर र जिम्मी निसम मोस्ट पावरफुल हिटर घोषित भएका थिए।

टिमले विज्ञप्ति जारी गर्दै भनेको छ, “क्रिकेट, भावना र प्रतिस्पर्धामा विजयले देखाएको आत्मविश्वास अब लोगो र ब्रान्डिङमार्फत अझ दृढ हुनेछ।” नयाँ लोगोले टोली र समर्थकबीच आत्मीय सम्बन्ध मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्