Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक

१० आश्विन २०८२, शुक्रबार २२:३१

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले शुक्रबार नयाँ लोगो सार्वजनिक गरेको छ।

टोलीका अनुसार उक्त लोगोले मधेश प्रदेशको क्रिकेटप्रेम, सांस्कृतिक धरोहर र आत्मसम्मानलाई प्रतिबिम्बित गर्नेछ। बोल्ट्सले सार्वजनिक लोगो केवल खेलाडी वा क्लबको मात्र नभई मधेश प्रदेशकै जनता र उनीहरूको पहिचानको प्रतीक बन्ने विश्वास लिएको छ।

ड्रिम स्पोर्ट्स प्रालिको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको थियो। लाहिरु मिलान्थाले फाइनलमा ४९ बलमा ८७ रन प्रहार गर्दै सुदूरपश्चिम रोयल्सविरुद्ध जित सुनिश्चित गराएका थिए। त्यस्तै ललित राजवंशी उत्कृष्ट बलर र जिम्मी निसम मोस्ट पावरफुल हिटर घोषित भएका थिए।

टिमले विज्ञप्ति जारी गर्दै भनेको छ, “क्रिकेट, भावना र प्रतिस्पर्धामा विजयले देखाएको आत्मविश्वास अब लोगो र ब्रान्डिङमार्फत अझ दृढ हुनेछ।” नयाँ लोगोले टोली र समर्थकबीच आत्मीय सम्बन्ध मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्