Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

चाडपर्वमा सुरक्षा कडा, सुर्खेतमा ८५० प्रहरी तैनाथ

१० आश्विन २०८२, शुक्रबार २२:४५

सुर्खेत। दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सुरक्षा योजना लागू गरेको छ। यस योजनाअन्तर्गत जिल्लाभर ८५० जना प्रहरी फरक–फरक जिम्मेवारीमा परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनजंग बुढ्थापाका अनुसार, योजना मुख्यत: चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि, झगडा, चोरी, लुटपाट र सवारी दुर्घटना न्यूनीकरण गरी नागरिकलाई सुरक्षित बनाउनको लागि तयार गरिएको हो।

योजनाअनुसार कमाण्ड पोस्ट र जिल्ला रिजर्भमा २७ जना, मोबाइल गस्तीमा ५० जना, मोटरसाइकल गस्ती र आकस्मिक कारबाहीका लागि ६४ जना प्रहरी खटाइएका छन्। यसबाहेक, २८३ जना पिकेट ड्युटी, ७१ जना चेकिङ, ११ जना सादा पोसाकमा, २७ जना यात्रु सहायता कक्षमा र १४४ जना महत्त्वपूर्ण प्रतिष्ठान तथा बैंकमा परिचालन हुने डीएसपी बुढ्थापाले बताए।

बजार अनुगमन र आकस्मिक कार्यक्रम व्यवस्थापनका लागि ५५ जना र कार्यालय सुरक्षाका लागि ११६ जना प्रहरी परिचालन गरिएको छ। डीएसपी बुढ्थापाले कालोबजारी नियन्त्रण र म्याद गुज्रेका सामानको बिक्री वितरण रोक्न बजार अनुगमन टोली खटाइएको समेत जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्