Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

अभिनेता विजयको र्यालीमा भागदौड मच्चिँदा ३९ जनाको मृत्यु

१२ आश्विन २०८२, आईतवार १४:२८

एजेन्सी। शनिबार दक्षिण भारतीय सुपरस्टार विजयको र्‍यालीमा भागदौड मच्चिँदा करिब ३९ जनाको मृत्यु भएको छ ।

तमिलनाडुको करूरमा भएको विजयको र्‍यालीमा भीड बढ्दा भागदौड च्चिएको थियो, जसमा ३९ जनाले ज्यान गुमाए ।

तमिलनाडु प्रहरीले दिएको जानकारीअनुसार विजयको र्‍यालीका लागि १० हजार जनाको अनुमति दिइएको थियो । तर, १ लाख २० हजार वर्गफुट क्षेत्रफलमा ५० हजारभन्दा बढी मानिस जम्मा भएका थिए । यसैबीच अभिनेता विजय ६ घण्टा ढिलो पुगेका थिए ।

र्‍यालीकै बीचमा उनलाई ९ वर्षकी बालिका हराएको जानकारी दिइयो । त्यसपछि उनले मञ्चबाट बालिकालाई खोज्न आग्रह गरेपछि भागदौडको अवस्था बनेको थियो । घटनापछि विजय करूरबाट सीधा त्रिची विमानस्थल पुगे र त्यहाँबाट चेन्नई प्रस्थान गरे ।

धेरैको मृत्युको समाचार बाहिरिएपछि विजयले एक्समा लेखे, ‘मेरो मन टुटेको छ । म निकै पीडा र दुःख महसुस गरिरहेको छु। करूरमा ज्यान गुमाउनेका परिवारप्रति संवेदना व्यक्त गर्दछु र घाइतेहरूको चाँडो स्वास्थ्यलाभको प्रार्थना गर्दछु ।’

तमिलनाडुको करूरमा भएको यस ठूलो घटनापछि दक्षिण भारतीय अभिनेता कमल हासनले पनि भावुक हुँदै शोक व्यक्त गरेका छन् ।

कमल हासनले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेका छन्, ‘मेरो मन काँपिएको छ। करूरबाट आएको समाचार झक्झोरिदिने खालको र दुखद छ। भीडमा परेर ज्यान गुमाउने निर्दोषप्रति संवेदना व्यक्त गर्न मेरा शब्द पर्याप्त छैनन् ।’

थलाइवा रजनीकान्तले पनि शोक व्यक्त गर्दै लेखेका छन्, ‘करूरमा भएको घटनामा निर्दोषहरूले ज्यान गुमाएको समाचारले मनलाई झक्झोरिदिएको छ र गहिरो पीडा दिएको छ। ज्यान गुमाउनेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले राति नै उच्चस्तरीय बैठक बोलाए र राति नै करूर पुगे । उनले अस्पतालमा गएर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे र घाइतेहरूसँग भेट गरे । उता, गृह मन्त्रालयले राज्य सरकारसँग घटनाको प्रतिवेदन मागेको छ । तर घटना पछि विजय भने घाइतेलाई भेट्न पुगेनन् । उनी चार्टर्ड फ्लाइटमार्फत सीधा चेन्नई फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्