Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

नागढुङ्गामा सवारीसाधनको लामो लाइन

१३ आश्विन २०८१, आईतवार १३:४६

१३ असोज,काठमाडौँ।संघीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य नाका अवरुद्ध भएपछि उपत्यका बाहिरिने सवारीसाधनको नागढुङ्गामा लामो लाइन लागेको छ ।

अविरल वर्षासँगै गएको पहिरोले झ्याप्लेखोलामा पहिरो गएपछि उपत्यका छाड्ने सवारीसाधानहरु नागढुङ्गामा रोखिएका हुन् । बिशेषगरि नेपाल भ्रमणमा आएका भारतीय पर्यटक चढेका गाडीहरू नागढुङ्गामा रोकिएका छन् ।

नागढुङ्गामा भेटिएका भारतीय पर्यटकहरुले सडक अवरुद्ध हुदा दुई दिनदेखि रोकिनुपरेको गुनासो गरे । उनीहरुले छिटै सडक खुल्ला हुने र गन्तव्यतर्फ जाने विश्वास व्यक्त गरे ।

यात्रुहरू हिँड्दै थानकोटसम्म आइपुग्ने प्रयासमा छन्। दिनभर यो क्षेत्रमा यात्रुहरू आ–आफ्ना झोला बोकेर हिडोमा गाडिँदै भएपनि पाइला चाल्ने प्रयासमा देखिन्थे।  बाटोमै अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउन सशस्त्र प्रहरीले साँझदेखि बसको व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्