Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

आरजुका भाइ भूषण राणाको घरमा सिआइबीको छापा

१२ आश्विन २०८२, आईतवार २३:२०

काठमाडौँ। प्रहरीले पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भुषण राणाबारे अनुसन्धान थालेको छ ।

२३ र २४ भदौको आन्दोलनका बेला पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा अस्वाभाविक रकम भेटिएको थियो । त्यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको हो ।

यही बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउवापत्नी आरजुका भाइ भुषणबारे छानबिन गरेको हो । सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले भुषणको घरमा प्रहरी टोली पुगेको पुष्टि गरे । ‘तर, उहाँ विगत एक महिनादेखि त्यहाँ हुनुहुन्न,’ केसीले कान्तिपुरसँग भने । उनले राणाविरुद्ध के विषयमा छानबिन भइरहेको हो भन्नेबारे विस्तृतमा बताएनन् ।

प्रतिक्रिया दिनुहोस्