Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

आरजुका भाइ भूषण राणाको घरमा सिआइबीको छापा

१२ आश्विन २०८२, आईतवार २३:२०

काठमाडौँ। प्रहरीले पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भुषण राणाबारे अनुसन्धान थालेको छ ।

२३ र २४ भदौको आन्दोलनका बेला पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा अस्वाभाविक रकम भेटिएको थियो । त्यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको हो ।

यही बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउवापत्नी आरजुका भाइ भुषणबारे छानबिन गरेको हो । सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले भुषणको घरमा प्रहरी टोली पुगेको पुष्टि गरे । ‘तर, उहाँ विगत एक महिनादेखि त्यहाँ हुनुहुन्न,’ केसीले कान्तिपुरसँग भने । उनले राणाविरुद्ध के विषयमा छानबिन भइरहेको हो भन्नेबारे विस्तृतमा बताएनन् ।

प्रतिक्रिया दिनुहोस्