Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

मुसिकोट नगरपालिकाले फिर्ता गर्‍यो करार कर्मचारी बर्खास्तको निर्णय

१२ आश्विन २०८२, आईतवार २३:४८

रुकुम पश्चिम । मुसिकोट नगरपालिकाले अस्थायी नियुक्ति र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गर्ने निर्णयबाट पछि हटेको छ।

गत शुक्रबार सूचना जारी गरेर अस्थायी तथा करार कर्मचारीको नियुक्ति र सम्झौता समाप्त हुने घोषणा गरेको नगरपालिकाले आइतबार अर्को सूचना जारी गर्दै “सम्झौता यथावत रहने” जनाएको हो।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जारी गरेको सूचनामा अघिल्लो निर्णय नगर कार्यपालिकाको आधिकारिक निर्णयबिनै गरिएको स्वीकार गर्दै हाललाई अस्थायी र करार सम्झौता कायम रहेको उल्लेख छ।

नगरपालिकाको अघिल्लो निर्णयमा संघीय सरकारका परिपत्रहरूको आधारमा करार शिक्षक, स्वास्थ्यकर्मीलगायतको नियुक्ति र सम्झौता असोज २७ गतेदेखि रद्द हुने भनिएको थियो। तर सो कदमप्रति विभिन्न राजनीतिक दल र सरोकारवाला पक्षले आपत्ति जनाएपछि निर्णय फिर्ता गरिएको हो।

प्रतिक्रिया दिनुहोस्