Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

मुसिकोट नगरपालिकाले फिर्ता गर्‍यो करार कर्मचारी बर्खास्तको निर्णय

१२ आश्विन २०८२, आईतवार २३:४८

रुकुम पश्चिम । मुसिकोट नगरपालिकाले अस्थायी नियुक्ति र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गर्ने निर्णयबाट पछि हटेको छ।

गत शुक्रबार सूचना जारी गरेर अस्थायी तथा करार कर्मचारीको नियुक्ति र सम्झौता समाप्त हुने घोषणा गरेको नगरपालिकाले आइतबार अर्को सूचना जारी गर्दै “सम्झौता यथावत रहने” जनाएको हो।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जारी गरेको सूचनामा अघिल्लो निर्णय नगर कार्यपालिकाको आधिकारिक निर्णयबिनै गरिएको स्वीकार गर्दै हाललाई अस्थायी र करार सम्झौता कायम रहेको उल्लेख छ।

नगरपालिकाको अघिल्लो निर्णयमा संघीय सरकारका परिपत्रहरूको आधारमा करार शिक्षक, स्वास्थ्यकर्मीलगायतको नियुक्ति र सम्झौता असोज २७ गतेदेखि रद्द हुने भनिएको थियो। तर सो कदमप्रति विभिन्न राजनीतिक दल र सरोकारवाला पक्षले आपत्ति जनाएपछि निर्णय फिर्ता गरिएको हो।

प्रतिक्रिया दिनुहोस्