Trending
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |     सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट     |     मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |     पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश     |     सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने     |     हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |    
खेलकुद

नेपालले वेस्ट इन्डिजलाई दियो १७४ रनको लक्ष्य

१३ आश्विन २०८२, सोमबार २२:०५

काठमाडौँ। नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले सर्बाधिक अविजित ६८ रन बनाए भने सन्दीप जोराले ६३ रन बनाएका थिए । आसिफ र सन्दीपले चौथो विकेटका लाई सय रनको साझेदारी गरेका थिए ।

त्यसैगरी कुशल भुर्तेलले २, कप्तान रोहित पौडेलले ३, कुशल मल्लले ७ रन बनाएका थिए भने गुलशन झाले ६ र आदील आलमले ११ रन बनाएका थिए ।

त्यसैगरी वेस्ट इन्डिजका बलर अकील होसैन र काइल मेयार्सले २-२ विकेट लिए भने जेडीआह ब्लाड़ेसले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्