Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

सुनमाया स्वदेश फर्किईन्

१४ आश्विन २०८२, मंगलवार २०:०७

काठमाडौं। ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन् । स्पेनमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक जितेकी सुनमाया मंगलबार बिहान नेपाल फर्किएकी हुन् ।

बुढालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । महासंघका सचिव शहदेव ब्यञ्जनकार, कोषाध्यक्ष रीकी योञ्जन, सदस्य राजमान महर्जन लगायतले बुढालाई बिमानस्थलमा स्वागत गरेका थिए ।

विश्व माउन्टेन रनिङ एसोसियसनले विश्व एथलेटिक्स र इन्टरनेश्नल एसोसियसन अफ अल्ट्रारनर्ससँग मिलेर आयोजना गरेको विश्व च्याम्पियनसिपमा सुनमायाले रजत पदक हात पारेकी थिईन् । उनले ८० किलोमिटरको महिला लङ ट्रेल रनको दुरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पुरा गरेकी थिईन् ।

नेपाल एडभेन्चर फेडेरेसनले प्रतियोगितामा नेपालबाट बुढा सहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई सहभागी गराएको थियो । टोलीको व्यवस्थापकमा प्रीति खत्री थिइन् ।

प्रतिक्रिया दिनुहोस्