Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

१४ आश्विन २०८१, सोमबार ०२:४१

१४ असोज,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे आइपुग्ने कार्यक्रम छ। त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री चार बजे आइपुगेलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने तयारी रहेको एक मन्त्रीले जानकारी दिएका छन्। तर समय भने तय भइसकेको छैन।

बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिने बुझिएको छ।सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने बारे पनि निर्णय हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्