Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

एकादशीदेखि निरन्तर वर्षा, शनिबार र आइतबार भारी वर्षा हुने

१५ आश्विन २०८२, बुधबार ०९:२६

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले शुक्रबारबाट कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा पानी पर्ने भन्दै सतर्क रहने आग्रह गरेको छ।

बुधबार बिहान तीन दिनको मौसम प्रक्षेपण जारी गर्दै विभागले बंगालको खाडीमा विकसित भएको न्युन चापीय रेखाको कारण नेपालमा जलवाष्प युक्त मनसुनी वायु प्रवेश गरेर शुक्रबार केही स्थानमा भारी वर्ष हुने जनाएको छ।

“नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी १७ असोज  अर्थात् एकादशीका दिन बाट देशको खास गरी कोशी, मधेश, बागमती, गण्डकि र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ। तसर्थ, नेपालमा यस वर्षको दशै अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ” विभागको बुलेटिनमा भनिएको छ।

विभागलेले शनिबार र आइतबार झनै ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ। सामान्यता औषतमा २ अक्टोबरबाट नेपालमा मनसुन बाहिरिने भएपनि यसपटक मनसुनको अवधी लम्बिने विभागले जनाएको छ।

कुनै पनि स्थानमा एक दिनमा ५० मिलिमिटर भन्दा बढी वर्षा भए त्यसलाई भारी, १ सयदेखि २ सय मिलिमिटर वर्षा भए धेरै भारी र २ सय मिलिमिटर भन्दा बढी वर्षा भए अति भारी वर्षा भनिन्छ। विभागको पछिल्लो बुलेटिनमा शुक्रबार भारी, शनिबार धेरै भारी र आइतबार अतिभारी वर्षा हुने पूर्वानुमान छ।

कुन दिनको मौसम कस्तो ?

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्