Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
खेलकुद

बार्सिलोनामाथि पीएसजीको पुनर्आगमन जित

१६ आश्विन २०८२, बिहीबार १०:४५

काठमाडौं। युरोपीयन च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा घरेलु टोली बार्सिलोना पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित भएको छ।

गएराती सम्पन्न खेलमा पिएसजीले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

खेलको १९ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै घरेलु टोलि बार्सालाई सुरुवाती अग्रता दिलाएका थिए। ३८ औं मिनेटमा सेन्नी मायुलुले गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । यस्तै, खेल सकिनै लाग्दा अन्तिमतिर अर्थात् ९० औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै पिएसजीलाई जित दिलाए ।

यो जितपछि पिएसजीको २ खेलमा ६ अंक भएको छ भने हाल अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनाको भने २ खेलमा ३ अंक रहेको छ भने हाल अंक तालिकामा १६औं स्थानमा रहको छ ।

प्रतिक्रिया दिनुहोस्