Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

बार्सिलोनामाथि पीएसजीको पुनर्आगमन जित

१६ आश्विन २०८२, बिहीबार १०:४५

काठमाडौं। युरोपीयन च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा घरेलु टोली बार्सिलोना पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित भएको छ।

गएराती सम्पन्न खेलमा पिएसजीले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

खेलको १९ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै घरेलु टोलि बार्सालाई सुरुवाती अग्रता दिलाएका थिए। ३८ औं मिनेटमा सेन्नी मायुलुले गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । यस्तै, खेल सकिनै लाग्दा अन्तिमतिर अर्थात् ९० औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै पिएसजीलाई जित दिलाए ।

यो जितपछि पिएसजीको २ खेलमा ६ अंक भएको छ भने हाल अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनाको भने २ खेलमा ३ अंक रहेको छ भने हाल अंक तालिकामा १६औं स्थानमा रहको छ ।

प्रतिक्रिया दिनुहोस्