Trending
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |     सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट     |     मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |     पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश     |     सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने     |     हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |    
समाचार

ऊर्जामन्त्री कुलमानको प्रस्टीकरण : उज्यालो नेपाल पार्टीसँग मेरो कुनै सम्बन्ध छैन

१७ आश्विन २०८२, शुक्रबार १७:१६

काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् ।

घिसिङले सो पार्टी र उक्त पार्टीका अध्यक्षको हवला दिँदै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा आफूलाई प्रकाशन भएका सूचना र समाचारलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाए ।

उनले प्रचार गरिएको जस्तो उक्त पार्टीमा आफ्नो कुनै आवद्धताको बारेमा कुनै छलफल नै नभएको दाबी गरे । साथै उनले प्रचार गरिएजस्तो आफू जुम बैठकमा समेत सहभागी नहुने जानकारी गराएका छन् ।

मन्त्री घिसिङले आफ्नो फेशबुकमा लेखेका छन्, ‘उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु ।

मसँग कुनै छलफल/सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण पराउँदछु ।’

प्रतिक्रिया दिनुहोस्