Trending
नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |     डोल्पामा अवैध रूपमा ल्याइएका ३१ गोरु नियन्त्रणमा     |     कर्णालीमा सांसदका स्वकीय सचिवको तलब रोकियो     |     इरानसँग नेपाल पराजित     |     तिहारमा पनि डोल्पामा वार्षिक परीक्षा सञ्चालन     |     काभा भलिबलमा नेपालको जित     |     रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते     |    
समाचार

ऊर्जामन्त्री कुलमानको प्रस्टीकरण : उज्यालो नेपाल पार्टीसँग मेरो कुनै सम्बन्ध छैन

१७ आश्विन २०८२, शुक्रबार १७:१६

काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् ।

घिसिङले सो पार्टी र उक्त पार्टीका अध्यक्षको हवला दिँदै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा आफूलाई प्रकाशन भएका सूचना र समाचारलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाए ।

उनले प्रचार गरिएको जस्तो उक्त पार्टीमा आफ्नो कुनै आवद्धताको बारेमा कुनै छलफल नै नभएको दाबी गरे । साथै उनले प्रचार गरिएजस्तो आफू जुम बैठकमा समेत सहभागी नहुने जानकारी गराएका छन् ।

मन्त्री घिसिङले आफ्नो फेशबुकमा लेखेका छन्, ‘उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु ।

मसँग कुनै छलफल/सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण पराउँदछु ।’

प्रतिक्रिया दिनुहोस्