Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

अविरल वर्षाः विभिन्न राजमार्गमा सवारीसाधन अलपत्र

१८ आश्विन २०८२, शनिबार १४:११

काठमाडौँ। अविरल वर्षाका कारण काठमाडौँ उपत्यका भित्रने र बाहिरिने विभिन्न राजमार्गमा सवारीसाधन रोकिएका छन् । चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौँबाट धादिङ र मकवानपुर भएर बाहिरिने सडकखण्डमा अर्को आदेश नभएसम्मका लागि दुवैतर्फका सवारीसाधन होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ ।

पहिरोले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वरुणखोलाको बाढीले ह्युमपाइप बगाउँदा सदरमुकाम खाँदबारीबाट थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

पहिरोको जोखिम बढेपछि बिपी राजमार्गमा यही असोज २१ गतेसम्म साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्गको केही भाग भासिएकाले भाअिन्दाजी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हाम्रा समाचारदाताका अनुसार ओलखढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सीमास्थित भँडारे खोलाको बाढीले सदरमुकाम जोड्ने सडकमा क्षति भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्