Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

अविरल वर्षाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो, ११ बेपत्ता

१९ आश्विन २०८२, आईतवार १४:११

काठमाडौँ।  अविरल वर्षाका कारण असोज १८ र १९ गते आएको बाढी तथा पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

बाढी, पहिरो, चट्याङ र सडक दुर्घटनासहितका विपद्का घटनाबाट हालसम्म ४९ जनाले ज्यान गुमाएका हुन् भने ११ जना बेपत्ता र १७ जना घाइते भएका छन् ।

यसपालीको वर्षाले सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु भएको छ । निरन्तर वर्षापछिको पहिरोमा परि इलाममा मात्रै ५ जना बेपत्ता भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै उदयपुरमा बाढी तथा पहिरोले २ जनाको मृत्यु र १ जना घाइते भएका छन्। खोटाङमा चट्याङका कारण १ जनाको मृत्यु र ३ जना घाइते भएका छन्। त्यस्तै भोजपुरमा पनि चट्याङबाट २ जना घाइते भएका छन्। पाँचथरमा सडक दुर्घटनामा ६ जनाले ज्यान गुमाए भने ६ जना घाइतेको उपचार भइरहेको छ ।

मधेश प्रदेशमा पनि क्षति पुगेको छ। रौतहटमा चट्याङबाट ३ जनाको मृत्यु भएको छ भने बारामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्।

बागमती प्रदेशको काठमाडौं १ जना घाइते भएको छ। ललितपुरको गोदावरी नगरपालिका १४ थैवमा पर्खाल भाँसिदा ३ जना घाइते भएका छन् भने मकवानपुरमा चट्याङबाट एक जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्