Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

अमृतलाई प्रेमदेवले टीका र जमरा लगाइदिए

१९ आश्विन २०८२, आईतवार २०:२८

सुर्खेत। दसैंको अवसरमा नेपथ्यका प्रमुख गायक अमृत गुरुङ र सुर्खेतका वरिष्ठ कलाकार ‘मादले दाइ’ प्रेमदेव गिरीबीच आइतबार वीरेन्द्रनगरमा ऐतिहासिक भेटघाट भएको छ।

अमृत गुरुङ कर्णाली भ्रमणको क्रममा सुर्खेत आइपुगेका थिए। उनले प्रेमदेव गिरीको हिलेखालीस्थित निवासमा पुगेर टीका–जमरा ग्रहण गरे। उमेरले अग्रज गिरीले अमृतलाई ‘अमृत सर’ भनेर सम्बोधन गरे भने अमृतले उनीप्रति ‘दाइ’को सम्मान प्रकट गरे।

करिब डेढ घण्टा लामो भेटमा दुवैले एकअर्काप्रति गहिरो आदरभाव व्यक्त गर्दै पश्चिम कर्णालीको मौलिक संगीतमा सहकार्य गर्ने सहमति गरेका छन्। गिरीले कर्णाली, गण्डकी र कोशीलाई सांस्कृतिक रूपमा जोड्ने सन्देश यस भेटमार्फत दिएको बताएका छन्।

‘मादले दाइ’ प्रेमदेव गिरी वाद्यवादन, रंगमञ्च र लोकसंगीतका खम्बा मानिन्छन्। स्वरसम्राट नारायण गोपालले समेत उनलाई विदेशमा साथ लिएर जाने गरेका थिए। अमृत गुरुङ भने नेपालको चर्चित ब्यान्ड नेपथ्य का प्रमुख गायक हुन्, जसले “रेशम”, “तालको पानी” लगायतका लोकप्रिय गीतमार्फत जनमानसमा गहिरो प्रभाव पारेका छन्।

प्रतिक्रिया दिनुहोस्