Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

अमृतलाई प्रेमदेवले टीका र जमरा लगाइदिए

१९ आश्विन २०८२, आईतवार २०:२८

सुर्खेत। दसैंको अवसरमा नेपथ्यका प्रमुख गायक अमृत गुरुङ र सुर्खेतका वरिष्ठ कलाकार ‘मादले दाइ’ प्रेमदेव गिरीबीच आइतबार वीरेन्द्रनगरमा ऐतिहासिक भेटघाट भएको छ।

अमृत गुरुङ कर्णाली भ्रमणको क्रममा सुर्खेत आइपुगेका थिए। उनले प्रेमदेव गिरीको हिलेखालीस्थित निवासमा पुगेर टीका–जमरा ग्रहण गरे। उमेरले अग्रज गिरीले अमृतलाई ‘अमृत सर’ भनेर सम्बोधन गरे भने अमृतले उनीप्रति ‘दाइ’को सम्मान प्रकट गरे।

करिब डेढ घण्टा लामो भेटमा दुवैले एकअर्काप्रति गहिरो आदरभाव व्यक्त गर्दै पश्चिम कर्णालीको मौलिक संगीतमा सहकार्य गर्ने सहमति गरेका छन्। गिरीले कर्णाली, गण्डकी र कोशीलाई सांस्कृतिक रूपमा जोड्ने सन्देश यस भेटमार्फत दिएको बताएका छन्।

‘मादले दाइ’ प्रेमदेव गिरी वाद्यवादन, रंगमञ्च र लोकसंगीतका खम्बा मानिन्छन्। स्वरसम्राट नारायण गोपालले समेत उनलाई विदेशमा साथ लिएर जाने गरेका थिए। अमृत गुरुङ भने नेपालको चर्चित ब्यान्ड नेपथ्य का प्रमुख गायक हुन्, जसले “रेशम”, “तालको पानी” लगायतका लोकप्रिय गीतमार्फत जनमानसमा गहिरो प्रभाव पारेका छन्।

प्रतिक्रिया दिनुहोस्