Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड

२० आश्विन २०८२, सोमबार ११:३३

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेर २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

त्यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ। आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्