Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

‘कान्तारा’ ले पाँच दिनमा कति कमायो?

२० आश्विन २०८२, सोमबार १६:४१

नयाँ दिल्ली। कन्नड सुपरस्टार ऋषभ शेट्टीको फिल्म ‘कान्तारा: च्याप्टर १’ ले बक्स अफिसमा नयाँ कीर्तिमान कायम गरेको छ। यो फिल्मले प्रदर्शनको चौथो दिनसम्म विश्वभर करिब ३२५ करोड (भारतीय रुपैयाँ) कमाएको छ।

फिल्मले भारतभित्र मात्र २६८ करोड कमाइ गर्दै कन्नड फिल्मको इतिहासमा दोस्रो सबैभन्दा ठुलो ओपनिङ वीकएन्ड बनाएको छ। यो अघि ‘केजीएफ: च्याप्टर २’ ले २०२२ मा ३८० करोड घरेलु कमाइ गरेको थियो।

फिल्मले अन्तर्राष्ट्रिय बजारमा समेत उत्कृष्ट प्रदर्शन गर्‍यो। विभिन्न देशहरूमा ६ मिलियन अमेरिकी डलरभन्दा बढी कमाउँदै, ‘कान्तारा: च्याप्टर १’ को विश्वव्यापी ग्रस चार दिनमै ३२५ करोड पुगेको हो।

फिल्ममा ऋषभ शेट्टीसँगै रुक्मिणी वसन्तको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्