Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

‘कान्तारा’ ले पाँच दिनमा कति कमायो?

२० आश्विन २०८२, सोमबार १६:४१

नयाँ दिल्ली। कन्नड सुपरस्टार ऋषभ शेट्टीको फिल्म ‘कान्तारा: च्याप्टर १’ ले बक्स अफिसमा नयाँ कीर्तिमान कायम गरेको छ। यो फिल्मले प्रदर्शनको चौथो दिनसम्म विश्वभर करिब ३२५ करोड (भारतीय रुपैयाँ) कमाएको छ।

फिल्मले भारतभित्र मात्र २६८ करोड कमाइ गर्दै कन्नड फिल्मको इतिहासमा दोस्रो सबैभन्दा ठुलो ओपनिङ वीकएन्ड बनाएको छ। यो अघि ‘केजीएफ: च्याप्टर २’ ले २०२२ मा ३८० करोड घरेलु कमाइ गरेको थियो।

फिल्मले अन्तर्राष्ट्रिय बजारमा समेत उत्कृष्ट प्रदर्शन गर्‍यो। विभिन्न देशहरूमा ६ मिलियन अमेरिकी डलरभन्दा बढी कमाउँदै, ‘कान्तारा: च्याप्टर १’ को विश्वव्यापी ग्रस चार दिनमै ३२५ करोड पुगेको हो।

फिल्ममा ऋषभ शेट्टीसँगै रुक्मिणी वसन्तको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्