Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बाढीपहिरोबाट पीडितलाई राहत एंव क्षतिपुर्तिका साथै क्षतिग्रस्त संरचना निर्माण गर्न प्रभु साहद्वारा सरकारको ध्यानाकर्षण

२० आश्विन २०८२, सोमबार १६:५०

कलैया। आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले अविरल वर्षाका कारण बाढीपहिरो, डुबान र कटानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै क्षतिग्रस्त संरचना तुरुन्त निर्माण गर्न तथा पीड़ितलाई आवश्यक राहत एंव क्षतिपुर्तिको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

बाराको विश्रामपुर गाऊँपालिकाको बरैनियामा आज आजपाको बिशेष भेटघाट तथा अंतरक्रिया कार्यक्रममा सहभागी भएका अध्यक्ष साहले बाढीपहिरोबाट ज्यान गुमाएका मृतकप्रति श्रद्धांजलि, बेपताको खोजी कार्य तिब्र, घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना सहित सड़क लगायतका भौतिक पूर्वाधारको पुनर्निर्माणमा सरकारले ढिलाइ नगरी तथा पीड़ितलाई तुरुन्त राहत दिनुपर्ने माग गरेका हुन ।

`देशैभरी बाढीपहिरो, डुबान, एंव नदीको कटानले नेपालीहरू पीडित भएका छन । गौर अहिले पनि डुबानमा छ । जनता घरबार बिहिन भएका छन । कतिले ज्यान गुमाउनु परेको छ भने कति त बेपत्ता भएका छन । यस्तो अवस्थामा ढिलाइ नगरी सरकारले तत्काल राहत, पुनर्निर्माण एंव क्षतिपूर्ति दिनुपर्छ,´ आजपा अध्यक्ष साहले भने, `बाढी पहिरोले पहाड देखी तराईमधेसका नागरिक पीडित एंव दुखित भएकाले सरकारले उनिहरुलाई राहत, पुनर्बासका साथै क्षति भएका संरचनाको पुनर्निर्माण गर्न आवश्यक छ ।´

तराई मधेसका जनता बाढी, डुबान एंव नदिको कटानले पीडित भएको बताउदै उनले बाली भित्र्याउने बेलामा किसानले ठूलो क्षति व्यहोर्नुपरेकाले किसानलाई राहत एंव क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्