Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

एकीकृत समाजवादीद्वारा फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय

२४ आश्विन २०८२, शुक्रबार २२:१९

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले निर्वाचनको तयारीसँगै देशभर पार्टीका सबै जनवर्गीय सङ्गठन सक्रिय बनाउने निर्णय गरेको हो ।

संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसका लागि निर्वाचन अगाडि समान विचारधारा भएका दलबीच तथा वाम समाजवादी पार्टीहरूको सहकार्य र एकता टुङ्गो लगाउने कार्यसूची बैठकले पारित गरेको छ ।

आजको बैठकमा मुलुकको समसामयिक विषय, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायत विषयबारे समीक्षा गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा जनवर्गीय सङ्गठनहरूले हालसम्मका कार्यप्रगतिबारे छलफल भएको छ ।

पार्टीले गत भदौ अन्तिम साता स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएकामा जेनजी प्रदर्शनका कारण बैठक स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्