Trending
पोखरालाई विराटनगरको ऐतिहासिक लक्ष्य, तोड्यो आफ्नै रेकर्ड     |     विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने     |     चितवन राइनोजसँग कर्णाली याक्स पराजित     |     प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट     |     जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ     |     लमजुङ सेवा समिती हङकङद्वारा पहिलो भलिबल प्रतियोगिता सम्पन्न     |     मौलाकाली केबलकार पुनःसञ्चालनमा     |     कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य     |     आज चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्स भिड्दै     |     सुनको मूल्य घट्यो     |    
समाचार

एमालेले तत्काल नेतृत्व परिवर्तन नगर्ने

२४ आश्विन २०८२, शुक्रबार २२:३५

काठमाडौँ। नेकपा (एमाले)को ५८औँ सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको छ ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा महाधिवेशन छिट्टै गर्ने बारेमा छलफल भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै ज्ञवालीले भने, ‘पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ, नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ, पुस्तान्तरण गर्नुपर्ने कुरा उठेका छन् । तर ती सबै कुरालाई पार्टीको महाधिवेशन गर्नेछ । त्यसकै लागि छिट्टै महाधिवेशन गर्नेभएको छ । सम्भवत भोलिको बैठकले यसबारेमा निर्णय लिनेछ ।’

पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नु पर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि बढाएर जाने बैठकले निष्कर्ष निकालेकाले अब छिट्टै महाधिवेशन हुने उनले बताए ।

बैठकमा २३ र २४ भदौको जेन–जी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको जानकारी नेता ज्ञवालीले जानकारी दिए । उनले भने, ‘भदौ २३ गते जेनजी युवाहरूले राखेका आवाज स्वाभाविक थिए, आन्दोलन शान्तिपूर्ण हुन्छ, निषेधित क्षेत्र तोडदैनौँ, सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलन शान्तिपूर्ण हुन्छ भन्नुभएको थियो तर त्यसो भएन ।’

प्रतिक्रिया दिनुहोस्