Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
खेलकुद

नेपाल कबड्डी लिग: सिजन–२ का लागि ५१२ खेलाडी दर्ता

२७ आश्विन २०८२, सोमबार १७:४४

काठमाडौँ। नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो संस्करणमा नेपाली खेलाडीको आकर्षण बढेको छ।

सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डी लिगमा भाग लिन चाहने खेलाडीको संख्या सार्वजानिक गरेको हो।

एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले एनकेएलको दोस्रो संस्करणमा खेलाडीको आकर्षण अत्याधिक रहेको बताए।

उनले भने, ‘पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए। दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५ सय १२ स्वदेशी खेलाडी दर्ता भए। यसले एनकेएलको क्रेज र खेलाडीको आकर्षण अत्याधिक बृद्धि भएको देखाउँछ।’

एनकेएल सिजन–२ को लागि दर्ता भएका खेलाडीमा बागमती प्रदेशबाट सर्वाधिक १ सय ५५ खेलाडी छन्। त्यस्तै, सुदूरपश्चिमका १ सय ३, लुम्बिनीका ९८, मधेश प्रदेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना छन्।

गत वर्ष भएको पहिलो संस्करणमा ६ शहरका ६ टिमले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत् ८४ खेलाडी लिएका थिए। जसमा नेपाली खेलाडीको संख्या ६६ रहेको थियो।

त्यस्तै, विदेशी खेलाडीको आकर्षण पनि अत्याधिक बढेको छ। धेरै देशका खेलाडीले एनकेएल खेल्न चाहेका छन्।

‘हामी दोस्रो सिजनको ड्राफ्टलाई ४०-५० जना विदेशी खेलाडी लिने छौँ। उनीहरू पक्कै पनि माथिल्लो स्तरका हुने छन्,’ बेगानीले भने। पहिलो सिजन थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा आएका थिए।

फ्रेन्चाइज रुपमा सम्पन्न भएको पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ शहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा सम्पन्न फाइनलमा काठमाडौँलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो।

पहिलो सिजनका दुई कप्तान काठमाडौँका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन्। सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्