Trending
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो     |     एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै     |     भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज     |     एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित     |     सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य     |     मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह     |     जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य     |     सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता     |    
समाचार

सल्यानमा स्क्रब टाइफस र उच्च ज्वरोका कारण दुई जनाको मृत्यु

२७ आश्विन २०८२, सोमबार १७:५४

सल्यान। जिल्लामा स्क्रब टाइफस र उच्च ज्वरोका कारण दुई जनाको मृत्यु भएको छ।

बागचौर नगरपालिका–१ कालाखेतका गजेन्द्र केसी र दार्मा गाउँपालिका–३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उपचारका क्रममा निधन भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिए।

उनका अनुसार केसीलाई सुरुमा ज्वरो र शरीर दुख्ने समस्या देखिए पनि सुधार नभएपछि जिल्ला अस्पताल सल्यान ल्याइएको थियो। स्वास्थ्य परीक्षणमा स्क्रब टाइफस पुष्टि भएपछि नेपालगञ्ज रेफर गरिएको र त्यहीँ मृत्यु भएको हो।

जिल्लामा पछिल्लो तीन महिनामा ७० जना स्क्रब टाइफसका बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्। समयमै रोगको पहिचान नहुँदा ज्यान गुमाउने घटना बढेको डा. बुढाले बताए।

त्यस्तै, यनकुमारी खत्रीको पनि उच्च ज्वरोका कारण बाहिरी अस्पतालमा मृत्यु भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिए। स्क्रब टाइफसजस्तै लक्षण देखिए पनि पुष्टि नभएको उनले बताए।

डा. बुढाले लामो समयसम्म ज्वरो आउने र शरीर दुख्ने लक्षण देखिएमा तुरुन्त अस्पतालमा उपचार गर्न सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्