Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

सल्यानमा स्क्रब टाइफस र उच्च ज्वरोका कारण दुई जनाको मृत्यु

२७ आश्विन २०८२, सोमबार १७:५४

सल्यान। जिल्लामा स्क्रब टाइफस र उच्च ज्वरोका कारण दुई जनाको मृत्यु भएको छ।

बागचौर नगरपालिका–१ कालाखेतका गजेन्द्र केसी र दार्मा गाउँपालिका–३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उपचारका क्रममा निधन भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिए।

उनका अनुसार केसीलाई सुरुमा ज्वरो र शरीर दुख्ने समस्या देखिए पनि सुधार नभएपछि जिल्ला अस्पताल सल्यान ल्याइएको थियो। स्वास्थ्य परीक्षणमा स्क्रब टाइफस पुष्टि भएपछि नेपालगञ्ज रेफर गरिएको र त्यहीँ मृत्यु भएको हो।

जिल्लामा पछिल्लो तीन महिनामा ७० जना स्क्रब टाइफसका बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्। समयमै रोगको पहिचान नहुँदा ज्यान गुमाउने घटना बढेको डा. बुढाले बताए।

त्यस्तै, यनकुमारी खत्रीको पनि उच्च ज्वरोका कारण बाहिरी अस्पतालमा मृत्यु भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिए। स्क्रब टाइफसजस्तै लक्षण देखिए पनि पुष्टि नभएको उनले बताए।

डा. बुढाले लामो समयसम्म ज्वरो आउने र शरीर दुख्ने लक्षण देखिएमा तुरुन्त अस्पतालमा उपचार गर्न सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्