Trending
विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि, शव आजै इजरायल पठाइने     |     विश्वकप छनोट: नेपालले पहिला ब्याटिङ गर्दै     |     चलचित्र ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक     |     सल्यानमा स्क्रब टाइफस र उच्च ज्वरोका कारण दुई जनाको मृत्यु     |     नेपाल कबड्डी लिग: सिजन–२ का लागि ५१२ खेलाडी दर्ता     |     युट्यूवको शीर्ष ट्रेण्डिङमा ‘जेरी अन टप’ ट्रेलर     |     नयाँ गीत ‘शंका गर्ने बानी’ सार्वजनिक     |     यस्तो छ तीन चलचित्रको व्यापार     |     एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाविरुद्ध ५–० को ब्राजिलको फराकिलो जित     |     एमालेले तत्काल नेतृत्व परिवर्तन नगर्ने     |    
खेलकुद

विश्वकप छनोट: नेपालले पहिला ब्याटिङ गर्दै

२७ आश्विन २०८२, सोमबार २१:०७

काठमाडौँ। ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप ‘एसिया एन्ड इस्ट एसिया प्यासिफिक’ छनोटको सुपर सिक्सअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै भएको ट्समा कतारका कप्तान मिर्जा मोहम्मद बैगले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो । त्यसपछि सुपर सिक्सको पहिलो खेलमा नेपालले हिजो संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो ।

आज कतारलाई पराजित गरे नेपालले अर्को वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, गुल्सनकुमार झा, सोमपाल कामी, नन्दन यादव, मोहम्मद आदिल अलाम र सन्दीप लामिछाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्