Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि, शव आजै इजरायल पठाइने

२७ आश्विन २०८२, सोमबार २१:१२

काठमाडौँ।  प्यालेस्टाइनी विद्रोही समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ । जोशीको शव आजै बुझाइने हमासले जानकारी दिएको छ ।

गाजामा इजरायली सेनाको आक्रमणमा परी विपिनको मृत्यु भएको पनि हमासले दाबी गरेको छ । विपिनसँगै आज चार जना बन्धकको शव इजरायललाई बुझाइने जनाइएको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशीसहित इजरायली नागरिक गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज छन् ।

आजै हमासले २० जना जीवित बन्धक इजरायललाई हस्तान्तरण गरेको थियो । ७ अक्टुबर सन् २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा विपिन अपहरणमा परेका थिए ।

त्यसयता उनी घाइते अवस्थामा एकपटक अस्पतालमा देखिएको दाबी गरिएको थियो । केही दिनअघि मात्रै विपिनको एक भिडियो सार्वजनिक भएको थियो, जुन हमासले उनलाई अपहरण गरेको केही दिनपछि रेकर्ड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्