Trending
नेपाल भियतनामसँग पराजित     |     कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत     |     ‘जेरी अन टप’ को खुल्यो टिकट बुकिङ     |     सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     विश्वकप छनोटः नेपालद्वारा कतार पराजित     |     विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि, शव आजै इजरायल पठाइने     |     विश्वकप छनोट: नेपालले पहिला ब्याटिङ गर्दै     |     चलचित्र ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक     |     सल्यानमा स्क्रब टाइफस र उच्च ज्वरोका कारण दुई जनाको मृत्यु     |    
समाचार

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

२८ आश्विन २०८२, मंगलवार २१:३६

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए ।

कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उनले भने ।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्