Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

काभा नेसन्स कप : उद्घाटन खेलमा नेपालको प्रतिद्वन्द्वी तुर्कमेनिस्तान

२९ आश्विन २०८२, बुधबार १७:२४

काठमाडौँ। बङ्गलादेशमा कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा मेन्स नेसन्स कप २०२५ को खेल तालिका सार्वजनिक भएको छ ।

सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले उद्घाटन खेलमा र्कमेनिस्तानसँग खेल्नेछ ।

नेपालले दोस्रो खेल कात्तिक ७ गते बङ्गलादेश र तेस्रो खेल ८ गते माल्दिभ्ससँग, १० गते अफगानिस्तान र ११ गते श्रीलङ्कासँग खेल्ने छ ।

प्रतियोगिताका लागि नेपाल भलिबल सङ्घले यसअघि नै १४ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । काभाको स्वीकृतिमा बङ्गलादेश भलिबल फेडरेसनले च्याम्पियनसिप आयोजना गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्