काठमाडौँ। बङ्गलादेशमा कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा मेन्स नेसन्स कप २०२५ को खेल तालिका सार्वजनिक भएको छ ।
सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले उद्घाटन खेलमा र्कमेनिस्तानसँग खेल्नेछ ।
नेपालले दोस्रो खेल कात्तिक ७ गते बङ्गलादेश र तेस्रो खेल ८ गते माल्दिभ्ससँग, १० गते अफगानिस्तान र ११ गते श्रीलङ्कासँग खेल्ने छ ।
प्रतियोगिताका लागि नेपाल भलिबल सङ्घले यसअघि नै १४ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । काभाको स्वीकृतिमा बङ्गलादेश भलिबल फेडरेसनले च्याम्पियनसिप आयोजना गर्न लागेको हो।