Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

२९ आश्विन २०८२, बुधबार २१:४४

काठमाडौँ। एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेलको छ ।

थाइल्याण्डको चोनबुरी स्टेडियममा आज भएको समूह एफअन्तर्गतको खेलमा नेपाल र तुर्कमेनिस्तानबीचको खेल गोलरहित बराबरीमा सकियो ।

यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । यस बराबरी खेलसँगै नेपालको एएफसी महिला यू–१७  एसियन कप फुटबलमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेपालले अब समूहको दोस्रो खेल यही असोज ३१ गते थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

थाइल्याण्ड तीन अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । त्यसैगरी एक अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ भने दुई खेल खेलिसकेको तुर्कमेनिस्तानको एक अङ्क मात्र छ । तुर्कमेनिस्तान छनोटबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्