काठमाडौँ। नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यले नयाँ किर्तीमानी बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ।