Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बालुवाटारमा सर्वदलीय बैठक जारी

५ कार्तिक २०८२, मंगलवार १८:२०

काठमाडौं। आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवासमा जारी बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी छन् । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रलगायत १० वटा दलका नेताहरू सहभागी भएका छन् ।

निर्वाचन तयारीका विषयमा केन्द्रित बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलसँगै विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू पनि समावेश छन् ।

नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी छन् ।

त्यसैगरी, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह बैठकमा उपस्थित छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार केदारभक्त माथेमा र विद्याधर मल्लिकले बैठकमा पर्यवेक्षकका रूपमा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्