Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

बालुवाटारमा सर्वदलीय बैठक जारी

५ कार्तिक २०८२, मंगलवार १८:२०

काठमाडौं। आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवासमा जारी बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी छन् । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रलगायत १० वटा दलका नेताहरू सहभागी भएका छन् ।

निर्वाचन तयारीका विषयमा केन्द्रित बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलसँगै विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू पनि समावेश छन् ।

नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी छन् ।

त्यसैगरी, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह बैठकमा उपस्थित छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार केदारभक्त माथेमा र विद्याधर मल्लिकले बैठकमा पर्यवेक्षकका रूपमा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्