Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

विपीनको राष्ट्रिय सम्मानसहित महाकाली नदी किनारमा अन्त्येष्टि

५ कार्तिक २०८२, मंगलवार १३:०४

महेन्द्रनगर। महाकाली नदीको किनारमा आज विपीन जोशीको दाहसंस्कार गरिएको छ। सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पु-याइएको थियो ।

आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो। विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।

शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए । दुईवर्षदेखि हमासको नियन्त्रणमा रहेका विपिनको सोही अवधिमा मृत्यु भएको थियो ।

हमासको आक्रमणमा परी विपिनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका छन् । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरु दुई वर्षअघि इजरायल पुगेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्