Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कर्णालीमा सांसदका स्वकीय सचिवको तलब रोकियो

१० कार्तिक २०८२, आईतवार १७:२८

काठमाडौँ। कर्णाली प्रदेश सभाका सांसदका स्वकीय सचिवहरूको असोज महिनाको तलब रोकिएको छ।

संघीय सरकारले मितव्ययिता अपनाउँदै सांसद र राजनीतिक पदाधिकारीका स्वकीय सचिव सुविधा खारेज गर्ने निर्णय गरेपछि यो व्यवस्था रोकिएको हो।

संघीय मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज ८ गते प्रदेश सभालाई पत्र पठाएर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो। तर राजनीतिक दबाबका कारण प्रदेश सभा सचिवालयले निर्णय कार्यान्वयन गर्न सकेको छैन।

प्रदेश सभा सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार असोज महिनाको तलब रोकिएको भए पनि स्वकीय सचिव सुविधा खारेज गर्ने विषयमा अन्तिम निर्णय भएको छैन।

प्रदेशमा ३२ जना सांसदका स्वकीय सचिव, चालक र सहयोगी गरी ४८ जनाको तलबमा मासिक करिब १६ लाख रुपैयाँ खर्च हुन्छ। निर्णय कार्यान्वयन भए वार्षिक करिब १ करोड ९२ लाख रुपैयाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्