Trending
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |     सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट     |     मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |     पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश     |     सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने     |     हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |    
समाचार

डोल्पामा अवैध रूपमा ल्याइएका ३१ गोरु नियन्त्रणमा

१० कार्तिक २०८२, आईतवार १७:३५

डोल्पा। पूर्वी रुकुमबाट बिना अनुमति डोल्पा ल्याइएका ३१ गोरु प्रहरीले नियन्त्रणमा लिएको छ।

गुप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले आज बिहान काइके गाउँपालिकातर्फ लुकिछिपी ल्याइँदै गरेका गोरु नियन्त्रणमा लिएको हो।

टोलीको नेतृत्व प्रहरी सहायक निरीक्षक दलबहादुर सार्कीले गरेका थिए। नियन्त्रणमा लिएका सबै गोरु हाल प्रहरीको सुरक्षामा कारागार प्राङ्गणमा राखिएका छन्।

जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काका अनुसार विगत वर्षहरूमा पनि यसरी नै अवैध रूपमा गोरु ल्याउने कार्य भइरहेका थिए।

उनले अहिले यस्तो क्रियाकलाप रोक्न कडाइ गरिएको बताए। हालको कानुन अनुसार आवश्यक कागजातबिना गोरु ल्याए पाँच हजार रुपैयाँ जरिवाना हुन्छ भने दोहोर्याएमा एक महिनासम्म कैद र २५ हजार रुपैयाँ जरिवानाको व्यवस्था छ।

गोरु ल्याउनका लागि सम्बन्धित पशु सेवा कार्यालयको अनुमति, वडाको सिफारिस र गन्तव्यस्थानसम्मको रुट परमिट अनिवार्य हुने व्यवस्था छ। यी सबै कागजात पूरा नगरी ल्याइएका गोरुहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार कागजात नभएका कारण पाँच हजार जरिवाना गराइने छ। उनले अवैध रूपमा पशुचौपाया ल्याउन नपाइने बताउँदै आवश्यक प्रक्रिया पूरा गरेर मात्र गोरु ओसारपसार गर्न आग्रह गरे। प्रहरीले आवश्यक कागजात पेश भएमा कानुनी प्रक्रिया पूरा गरेर गोरु छोड्ने वा नभए मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्