Trending
निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |    
खेलकुद

नेपाल अमेरिकासँग १०६ रनले पराजित

१० कार्तिक २०८२, आईतवार २१:००

काठमाडौँ।  नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग( २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपालले ३९।२ ओभरमा अलआउट हुदै १५६ रन मात्र बनाएको हो।

नेपालको ब्याटिंग नचल्दा अमेरिकाविरुद्ध ठुलो हार बेहोरेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४० रन बनाएका थिए भने आसिफ सेखले ३७ रन बनाए भने। त्यस्तै भिम सार्कीले २९, आरिफ सेखले २०, सोमपाल कामीले ११ रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेल ०, कप्तान रोहित पौडेल २, गुलशन झा ३, करण केसी २, सन्दीप लामिछाने ० मा आउट भएका थिए ।

त्यस्तै अमेरिकाका बलर हरमीत सिंहले सर्बाधिक ६ विकेट लिए भने सुभम रानजानेले २ रुशील उग्राकरले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउदै २६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले अविजित ७० रन बनाए । त्यस्तै साइतेजा मुक्कामल्लाले ४२ रन, सुभम रनजानेले १९ र हरमित सिंहले अविजित १६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ सेख र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

योजितपछि विश्वकप लिग-२ को अंक तालिकामा अमेरिका शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको २१ खेलमा ३० अंक भएको छ । त्यस्तै नेपालको भने १७ खेलमा १२ अंक रहेको छ र हाल सातौं स्थानमा छ ।

अब सिरिजको अर्को खेल अमेरिका र युएईबीच मंगलबार हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्