Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपाल अमेरिकासँग १०६ रनले पराजित

१० कार्तिक २०८२, आईतवार २१:००

काठमाडौँ।  नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग( २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपालले ३९।२ ओभरमा अलआउट हुदै १५६ रन मात्र बनाएको हो।

नेपालको ब्याटिंग नचल्दा अमेरिकाविरुद्ध ठुलो हार बेहोरेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४० रन बनाएका थिए भने आसिफ सेखले ३७ रन बनाए भने। त्यस्तै भिम सार्कीले २९, आरिफ सेखले २०, सोमपाल कामीले ११ रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेल ०, कप्तान रोहित पौडेल २, गुलशन झा ३, करण केसी २, सन्दीप लामिछाने ० मा आउट भएका थिए ।

त्यस्तै अमेरिकाका बलर हरमीत सिंहले सर्बाधिक ६ विकेट लिए भने सुभम रानजानेले २ रुशील उग्राकरले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउदै २६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले अविजित ७० रन बनाए । त्यस्तै साइतेजा मुक्कामल्लाले ४२ रन, सुभम रनजानेले १९ र हरमित सिंहले अविजित १६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ सेख र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

योजितपछि विश्वकप लिग-२ को अंक तालिकामा अमेरिका शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको २१ खेलमा ३० अंक भएको छ । त्यस्तै नेपालको भने १७ खेलमा १२ अंक रहेको छ र हाल सातौं स्थानमा छ ।

अब सिरिजको अर्को खेल अमेरिका र युएईबीच मंगलबार हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्