Trending
अपहरणमा परेकी महिलाको सकुशल उद्धार, एक युवती पक्राउ     |     गगन थापा र चौथाइवालेबिच भेटवार्ता     |     जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह     |     निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु     |     नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह     |     सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : नेता कोइराला     |     बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने     |     वरदान बन्दै त्रिविको अनलाइन कक्षा     |     सीआईबी प्रमुख एआईजी थापाको तस्बिर राखेर धम्की दिने खड्का पक्राउ     |     अमेरिका गएका अध्यक्ष नौ महिनासम्म नफर्केपछि वडा कार्यालयमा तालाबन्दी     |    
समाचार

सहकारी ठगी प्रकरण : देवकुमारको बयान सकियो, भोलि थुनछेक बहस

१४ आश्विन २०८१, सोमबार १४:४९

१४ असोज, पोखरा । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ गरी आइतबार नै बागलुङ पुर्‍याइएका देवकुमार नेपालीको सोमबारदेखि बागलुङ जिल्ला अदालतमा बयान सुरु भएको छ ।

सहकारीको रकम हिनामिना पारी फरार भएको १६ महिनापछि भारतको दिल्लीमा पक्राउ गरी ल्याइएका नेपालीको मंगलबार पनि थुनछेक बहस हुनेछ ।

सहकारी गठीको आरोप लागेपछि फरार रहेका नेपालीलाई गत शुक्रबार भारतको नयाँ दिल्लीमा पक्राउ गरेर काठमाडौं ल्याइएका नेपालीलाई आईतबार साँझ हवाई मार्ग हुँदै पोखरा ल्याइएपछि नेपाल प्रहरीले राति नै सडक मार्ग हुँदै बागलुङ ल्याएको हो। सोमबार कार्यालय खुला भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई बयानको लागि जिल्ला अदालत बागलुङमा हाजिर गराएको थियो।

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई सहकारी ठगी र संगठित अपराधको आरोप छ । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि बागलुङ ल्याई अदालतमा बयान लिइएको छ ।

नेपाली र दर्जीले सोमबार अदालतमा बयान दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशवबहादुर थापाले जानकारी दिए । उनले भने, ‘बयान लिने काम सोमबार सकियो । मंगलबार जिल्ला अदालत बागलुङको इजलासमा थुनछेकको बहस हुनेछ ।’

नेपाली र दर्जीलाई पुर्पक्षको लागि कारागार पठाउने वा धरौटीमा रिहा गर्ने बारे मंगलबार अदालतको बहसपछि थाहा हुने प्रहरीले बताएको छ । इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् न्भने पोखरा सिर्जना चोकमा समेत इमेज सहकारी खोलिएको छ । सहकारीका संस्थापक अध्यक्ष नेपालीले बचतकर्ताको रकम अपचलन गरी १६ महिनादेख फरार थिए ।

२०८० बैशाख ७ गते सहकारीमा तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि सम्पर्कविहीन भएका थिए। जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो। नेपालीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोपमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो।

१२ माघ २०८० मा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्