Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ

११ कार्तिक २०८२, सोमबार २०:३८

सुर्खेत। भुवा जात्रा हेर्न जाजरकोट पुगेका दैलेखका ३९ वर्षीय लालबहादुर पुन मगरको कुटपिटबाट हत्या गरिएको छ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–८ पंकमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका–४, उत्तिसेनीका ३९ वर्षीय लालबहादुर पुन मगरको कुटपिटबाट मृत्यु भएको हो।

जाजरकोट प्रहरीले जनाए अनुसार, कात्तिक ३ गते साँझदेखि पंकस्थित दलसरा रावतको बारीमा मेला लागेको थियो। सोही क्रममा कात्तिक ४ गते बिहान करिब ३ बजे पुनमाथि कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो। साथीहरू विवेक बुढा मगर र वीरबहादुर घर्ती मगरले उनलाई घरतर्फ लगे पनि कात्तिक ६ गते बिहान पंक गाउँकै दलवीर रावतको घरमा पुन मृत अवस्थामा फेला परेका थिए।

घटनापछि संलग्न व्यक्ति फरार भएका थिए। तर जिल्ला प्रहरी कार्यालय जाजरकोट र दैलेखको संयुक्त टोलीले कात्तिक ७ गते विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा नौमुले गाउँपालिका–४ का पदमबहादुर रोका मगर, नरबहादुर गुरुङ, वीरेन्द्र रोका मगर, तिलक घर्ती मगर, लक्ष्मण सुनार र कमल रानामगर रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्