Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ

११ कार्तिक २०८२, सोमबार २०:३८

सुर्खेत। भुवा जात्रा हेर्न जाजरकोट पुगेका दैलेखका ३९ वर्षीय लालबहादुर पुन मगरको कुटपिटबाट हत्या गरिएको छ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–८ पंकमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका–४, उत्तिसेनीका ३९ वर्षीय लालबहादुर पुन मगरको कुटपिटबाट मृत्यु भएको हो।

जाजरकोट प्रहरीले जनाए अनुसार, कात्तिक ३ गते साँझदेखि पंकस्थित दलसरा रावतको बारीमा मेला लागेको थियो। सोही क्रममा कात्तिक ४ गते बिहान करिब ३ बजे पुनमाथि कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो। साथीहरू विवेक बुढा मगर र वीरबहादुर घर्ती मगरले उनलाई घरतर्फ लगे पनि कात्तिक ६ गते बिहान पंक गाउँकै दलवीर रावतको घरमा पुन मृत अवस्थामा फेला परेका थिए।

घटनापछि संलग्न व्यक्ति फरार भएका थिए। तर जिल्ला प्रहरी कार्यालय जाजरकोट र दैलेखको संयुक्त टोलीले कात्तिक ७ गते विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा नौमुले गाउँपालिका–४ का पदमबहादुर रोका मगर, नरबहादुर गुरुङ, वीरेन्द्र रोका मगर, तिलक घर्ती मगर, लक्ष्मण सुनार र कमल रानामगर रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्