Trending
निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |    
समाचार

सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ

११ कार्तिक २०८२, सोमबार २०:४३

सुर्खेत। सल्यान प्रहरीले प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री वितरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति कालिमाटी गाउँपालिका–३ जुगेनाका ४० वर्षीय बेद प्रकाश केसी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, केसीले दर्ता बिना नै सञ्चालन गरेका मेडिकलबाट अवैध रूपमा प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले आइतबार बेलुका छापा मारेको थियो।

प्रहरी नायब निरीक्षक सन्तोष बुढाथोकीको कमाण्डमा खटिएको टोलीले शारदा नगरपालिका–९ सालचौरस्थित मेडिकलबाट ७० ट्याब्लेट र कालिमाटी गाउँपालिका–३ जुगेनास्थित मेडिकलबाट २०० ट्याब्लेट, गरी जम्मा २७० ट्याब्लेट प्रिगा बरामद गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा केसीले सञ्चालन गरेका दुवै मेडिकल दर्ता नगराई अवैध रूपमा सञ्चालन गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ। बरामद औषधि जिल्ला प्रहरी कार्यालय सल्यानबाट करिब २२ किलोमिटर पश्चिमतर्फका मेडिकलमा भेटिएको हो।

प्रहरीले पक्राउ परेका केसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्