Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ

११ कार्तिक २०८२, सोमबार २०:४३

सुर्खेत। सल्यान प्रहरीले प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री वितरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति कालिमाटी गाउँपालिका–३ जुगेनाका ४० वर्षीय बेद प्रकाश केसी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, केसीले दर्ता बिना नै सञ्चालन गरेका मेडिकलबाट अवैध रूपमा प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले आइतबार बेलुका छापा मारेको थियो।

प्रहरी नायब निरीक्षक सन्तोष बुढाथोकीको कमाण्डमा खटिएको टोलीले शारदा नगरपालिका–९ सालचौरस्थित मेडिकलबाट ७० ट्याब्लेट र कालिमाटी गाउँपालिका–३ जुगेनास्थित मेडिकलबाट २०० ट्याब्लेट, गरी जम्मा २७० ट्याब्लेट प्रिगा बरामद गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा केसीले सञ्चालन गरेका दुवै मेडिकल दर्ता नगराई अवैध रूपमा सञ्चालन गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ। बरामद औषधि जिल्ला प्रहरी कार्यालय सल्यानबाट करिब २२ किलोमिटर पश्चिमतर्फका मेडिकलमा भेटिएको हो।

प्रहरीले पक्राउ परेका केसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्