Trending
निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |    
समाचार

मौसमका कारण हवाई उडान सामान्य प्रभावित

१२ कार्तिक २०८२, मंगलवार १६:५७

काठमाडौँ। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान केही ढिला भएको छ।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार खराब मौसमका कारण अहिले केवल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आईएफआर) अनुसार उडान संचालन भइरहेको छ। केही उडान ढिला भए पनि रद्द गर्नुपर्ने अवस्था भने छैन।

हाल देशमा पश्चिमी वायु र अरब सागरको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र अन्य पहाडी–हिमाली भू–भागमा हल्का देखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्