Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव

१२ कार्तिक २०८२, मंगलवार १७:०२

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् । यो प्रस्तावलाई पार्टीबाट अनुमोदन गराएर उनले निर्वाचन आयोगमा दल दर्ताका लागि नेताहरूलाई पठाएका हुन् ।

नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरुले निर्वाचन आयोग पुगेर यो नामको पार्टीको दल दर्ताको निवेदन दिएका थिए ।

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका तय भएको छ । त्यसका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म छ । त्यसअगावै दल दर्ताको निवेदन दिएका हुन् ।

दल दर्ताको निवेदन दिएपछि प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी चुनावमा भाग लिने गरी दल दर्ताको निवेदन दिइएको बताए ।

नेपालको राजनीतिक आन्दोलनमा आफ्नो पार्टीले चुनावमा भाग लिएर अगाडि बढ्न खोजेको उनले बताए ।

अब प्राप्त निवेदनउपर आयोगले अध्ययन गर्नेछ । त्यसपछि प्रस्ताव गरे अनुसारको नाम पाउने वा नपाउने, अन्य विषयमा के हुने भनेर निर्णय दिनेछ । आयोगले निर्णय दिएपछि दलले आधिकारिता पाउनेछ ।

निर्वाचन आयोगमा यसअघि नै १२४ वटा दल दर्ता छन् । यो सहित १७ वटा दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्