Trending
निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |    
समाचार

दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव

१२ कार्तिक २०८२, मंगलवार १७:०२

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् । यो प्रस्तावलाई पार्टीबाट अनुमोदन गराएर उनले निर्वाचन आयोगमा दल दर्ताका लागि नेताहरूलाई पठाएका हुन् ।

नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरुले निर्वाचन आयोग पुगेर यो नामको पार्टीको दल दर्ताको निवेदन दिएका थिए ।

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका तय भएको छ । त्यसका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म छ । त्यसअगावै दल दर्ताको निवेदन दिएका हुन् ।

दल दर्ताको निवेदन दिएपछि प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी चुनावमा भाग लिने गरी दल दर्ताको निवेदन दिइएको बताए ।

नेपालको राजनीतिक आन्दोलनमा आफ्नो पार्टीले चुनावमा भाग लिएर अगाडि बढ्न खोजेको उनले बताए ।

अब प्राप्त निवेदनउपर आयोगले अध्ययन गर्नेछ । त्यसपछि प्रस्ताव गरे अनुसारको नाम पाउने वा नपाउने, अन्य विषयमा के हुने भनेर निर्णय दिनेछ । आयोगले निर्णय दिएपछि दलले आधिकारिता पाउनेछ ।

निर्वाचन आयोगमा यसअघि नै १२४ वटा दल दर्ता छन् । यो सहित १७ वटा दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्