Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

दाउन्ने सडक आज रातभर बन्द गरेर मर्मत गरिने

१५ आश्विन २०८१, मंगलवार ०८:१७

१५ असोज, काठमाडौं। महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि पूर्ण रूपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सुचना जारि गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने भएको हो ।

बर्दघाट नगरपालिका- ४, दाउन्नेको खुर्सानी खोलामा सडक भासिएपछि हिजो साँझदेखि अवरुद्ध भएको सडक आज विहान ९ बजेबाट एकतर्फी सञ्चालनमा आएको थियो ।

हिजो सोमवार दाउन्नेको खुर्सानी खोलामा सडक भासिएको र बिजुलीको प्रसारण लाइन ढलेको थियो । भासिएको सडक मर्मतका लागि रातभर सडक बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।

भासिएको सडक मर्मत गरेर आज बिहानदेखि गाडी चलाउन थाले पनि सडकमा थप मर्मतको काम गर्नुपर्ने भएकाले सडक नै बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्