Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

साइबर ब्युरोमा बालेन्द्र साहविरुद्ध कसले दियो उजुरी?

२१ कार्तिक २०८२, बिहीबार २०:३४

काठमाडौँ। राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

प्रमुख साहले केही दिनअघि नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न भोटाहिटीस्थित ब्युरोका कार्यालयमा पुगेर संघले आज (बिहीबार) उजुरी दिएको हो ।

संघका उपाध्यक्ष महाराज गुरुङले आफूहरुले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी दिएको जानकारी दिए । उनले भने‚ “उहाँहरुले कानुनी अवस्था अध्ययन गरेर निर्णय गर्ने बताए।”

प्रतिक्रिया दिनुहोस्