Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

ह्वात्तै बढ्यो सुनको मूल्य

२६ कार्तिक २०८२, मंगलवार ११:५३

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ४ हजार ९०० रुपैयाँ बढेर २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको एक सय ५  रुपैयाँले बढेर प्रतितोला ३ हजार एक सय ७० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्