Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

मेक्सिकोमा सरकारविरुद्ध हजारौंको प्रदर्शन, झडपमा १२० जना घाइते

१ मंसिर २०८२, आईतवार १७:५९

मेक्सिको सिटी। मेक्सिको प्रहरीका अनुसार मेक्सिको सिटीमा सरकारविरोधी प्रदर्शनका क्रममा झडपमा भएको छ। झडपमा परेर १२० जनाभन्दा बढी घाइते भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ। बीबीसीका अनुसार घाइतेमध्ये १०० जना प्रहरी अधिकारी पनि छन्।

प्रदर्शनकारीहरूले शनिबार मेक्सिकोको राजधानीमा हिंसात्मक अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउमको सरकारविरुद्ध प्रदर्शन गरे। जेन-जीहरुले अन्य सहरमा पनि विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले शेनबाउम बस्ने राष्ट्रिय दरबारको सुरक्षा ब्यारेकको केही भाग भत्काइदिएका थिए। परिसरको सुरक्षा गरिरहेका प्रहरीले भिडविरुद्ध अश्रुग्यास प्रहार गरेका थिए।

मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाज्क्वेजले पत्रकारहरूलाई भनेका छन्- प्रहरी अधिकारीहरुले डकैती र आक्रमणलगायत विभिन्न अपराधका लागि २० जनालाई पक्राउ गरेका छन्।

राष्ट्रपति शेनबाउमले मार्चलाई उनको सरकारको विरोध गर्ने दक्षिणपन्थी नेताहरूद्वारा रकम (घुस) दिएर प्रदर्शन गर्न पठाएको आरोप लगाएका थिए।

प्रदर्शनसहितको र्‍याली जेन-जी युवा समूहद्वारा आयोजना गरिएको थियो। उरुपानका मेयर कार्लोस मान्जोको सहित उच्च-व्यक्तित्वहरुको हत्याको विरोधमा प्रदर्शनको सुरुआत गरिएको थियो। १ नोभेम्बरमा डे अफ द डेड फेस्टिबलमा मान्जोको गोली हानी हत्या गरिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्