Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

इटालीलाई हराउँदै नर्वे फिफा विश्वकपमा छनोट

२ मंसिर २०८२, सोमबार ०८:४२

काठमाडौँ। नर्वे १९९८ पछि पहिलो पटक फिफा विश्वकपमा छनाेट भएको छ।

युराेपीयन छनाेट अन्तर्गत आइतबार राति सम्पन्न समुह आइ को खेलमा इटालीलाई ४-१ गोल अन्तरले पराजित गर्दै नर्वे १९९८ पछि पहिलो पटक विश्वकपमा छनाेट भएको हो।

नर्वेको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने एन्टोनियो नुसा र जोर्गेन स्ट्रान्ड लार्सेनले एक एक गोल गरे। त्यस्तै इटालीका लागि एक गोल फ्रान्सेसको पियो एस्पोसिटोले गरे।

जितसँगै समुह आईमा नर्वेको ८ खेलबाट २४ अंक भएको छ र अपराजित हुँदै विश्वकपमा छनाेट भएको छ। त्यस्तै इटालीको भने ८ खेलमा १८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ।

योसँगै युरोपबाट नर्वेसहित पोर्चुगल, क्रोसिया, इङल्याण्ड र फ्रान्स विश्वकपमा छनाेट भएका छन्।

प्रतिक्रिया दिनुहोस्