Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

मन्त्री पुनले भने– जेनजीहरू आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन्

२ मंसिर २०८२, सोमबार ०८:५२

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवा नै राजनीतिक दल दर्तातर्फ लागेकोमा असन्तुष्टि जनाएका छन् ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सहभागिताका लागि जेनजीहरूले दल दर्ता गर्न थालेपछि मन्त्री पुनले असन्तुष्टि जनाएका हुन् ।

“१२३ दल दर्ता भइसके । ३२ दल दर्ता हुने प्रकृयामा छन् रे ! जेनजीहरूले आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन्,” मन्त्री पुनले फेसबुकमा लेखेका छन्, “संसारमा फुटेर होइन आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ ।”

फुट्ने र सानोतिनो कुरामा नमिलेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको उनले बताएका छन् ।

यस्तै अवस्था भए ‘वृद्ध नेताहरू’को संरक्षणमा रहेका ‘जाली फटाहा’ नेताहरूका र आसेपासेहरूको शासन फेरि फर्किने उनको भनाइ छ ।

“जेनजी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्रीमण्डलले गरेको राम्रो र सकारात्मक काम र निर्णय पुरानै भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उल्ट्याउँछन्,” उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्