काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ सय रूपैयाँले बढेर २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार २ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।