Trending
एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित     |     जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य     |     सुनको मूल्य बढ्यो     |     कर्णालीमा घटाइयो मन्त्रालय     |     मन्त्री पुनले भने– जेनजीहरू आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन्     |     इटालीलाई हराउँदै नर्वे फिफा विश्वकपमा छनोट     |     कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि     |     मेक्सिकोमा सरकारविरुद्ध हजारौंको प्रदर्शन, झडपमा १२० जना घाइते     |    
खेलकुद

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

२ मंसिर २०८२, सोमबार २०:४४

काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स विरुद्धको खेलमा काठमाडौँ गोर्खाजले शानदार सुरुआत गरेको छ।

जनकपुर बोल्ट्सले दिएको एक सय ३१ लक्ष्य पछ्याएको काठमाण्डौले ओभर १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । काठमाण्डौका बेन चाल्र्सवर्थले ४६ , आकाश त्रिपाठीले ३९ र मिलिन्द कुमारले १९ रन बनाए ।

काठमान्डुका लागि बेन चार्ल्सवर्थले २३ बलमा ५ चाैका र ३ छक्काे मद्दतले सर्वाधिक ४६ रनकाे याेगदान गरे । यसैगरी आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जाेहन सिम्पसनले १३ रन बनाए ।

जनकपुरका लागि कप्तान अनिलकुमार सास, किशाेर महताे, ललितनारायण राजवंशी, जान निकाेल लफ्टी इटाेन र सञ्जय कृष्णमुर्तीले समान एक विकेट लिए ।

जनकपुरका लागि आसिफले ४१ बलमा ६ चाैका र १ चाैकाकाे मद्दतले सर्वाधिक ५४ रनकाे याेगदान दिए। यसैगरी मयन यादवले अविजित ३४ र लाहिरु समराकाेनले २२ रन बनाए ।

काठमान्डुका लागि मिलिन्ड कुमारले तीन तथा शाहव आलम, सन्ताेष यादव र कप्तान करण केसीले समान एक विकेट लिए । रासस

प्रतिक्रिया दिनुहोस्