Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

२ मंसिर २०८२, सोमबार २०:४४

काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स विरुद्धको खेलमा काठमाडौँ गोर्खाजले शानदार सुरुआत गरेको छ।

जनकपुर बोल्ट्सले दिएको एक सय ३१ लक्ष्य पछ्याएको काठमाण्डौले ओभर १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । काठमाण्डौका बेन चाल्र्सवर्थले ४६ , आकाश त्रिपाठीले ३९ र मिलिन्द कुमारले १९ रन बनाए ।

काठमान्डुका लागि बेन चार्ल्सवर्थले २३ बलमा ५ चाैका र ३ छक्काे मद्दतले सर्वाधिक ४६ रनकाे याेगदान गरे । यसैगरी आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जाेहन सिम्पसनले १३ रन बनाए ।

जनकपुरका लागि कप्तान अनिलकुमार सास, किशाेर महताे, ललितनारायण राजवंशी, जान निकाेल लफ्टी इटाेन र सञ्जय कृष्णमुर्तीले समान एक विकेट लिए ।

जनकपुरका लागि आसिफले ४१ बलमा ६ चाैका र १ चाैकाकाे मद्दतले सर्वाधिक ५४ रनकाे याेगदान दिए। यसैगरी मयन यादवले अविजित ३४ र लाहिरु समराकाेनले २२ रन बनाए ।

काठमान्डुका लागि मिलिन्ड कुमारले तीन तथा शाहव आलम, सन्ताेष यादव र कप्तान करण केसीले समान एक विकेट लिए । रासस

प्रतिक्रिया दिनुहोस्