Trending
एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित     |     जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य     |     सुनको मूल्य बढ्यो     |     कर्णालीमा घटाइयो मन्त्रालय     |     मन्त्री पुनले भने– जेनजीहरू आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन्     |     इटालीलाई हराउँदै नर्वे फिफा विश्वकपमा छनोट     |     कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि     |     मेक्सिकोमा सरकारविरुद्ध हजारौंको प्रदर्शन, झडपमा १२० जना घाइते     |    
खेलकुद

जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

२ मंसिर २०८२, सोमबार १७:४४

काठमाडौं। आजदेखि राजधानीमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १३१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निरधारित २० ओभरमा छ विकेट गुमाएर १३० रनको योगफल बनाएको हो ।

जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन् ।

यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए । लाहिरु मिलन्था सात रनमा आउट भए । काठमाडौँ गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक÷एक विकेट लिए ।

यसअघि भएको पहिलो संस्करणको खेलमा भने जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको थियो । काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस्