Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

१५ आश्विन २०८१, मंगलवार १५:०३

१५ असोज,बाग्लुङ। इमेज सहकारी संस्थाको करोडौं बचत रकम ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली थुनामा गएका छन् ।

बागलुङ जिल्ला अदालतमा मंगलबार भएको सुनुवाइपछि न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका देवकुमारलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । सोमबार वयान भएको अदालतमा मंगलबार थुनचेक बहस भएको थियो ।

ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका देवकुमारलाई बचतकर्ताको उजुरीको आधारमा गत वर्षको जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका देवकुमारविरुद्द रेड कर्नर नोटिस पनि जारी भएको थियो ।

सोही मुद्दामा अदालतबाट गत वर्षको साउन ४ गते पक्राउ पुर्जी जारी भएका ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । उनी आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाण्डौ हुँदै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो लाजिम्पाटमा उपस्थित भएका थिए ।मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ । उनी गत वर्ष जेठ देखि नै फरार थिए ।

प्रतिक्रिया दिनुहोस्