Trending
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |    
खेलकुद

चितवन राइनोजसँग कर्णाली याक्स पराजित

३ मंसिर २०८२, मंगलवार १५:२२

काठमाडौं। रवी बोपाराको अलराउन्ड प्रदर्शनसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा रोमाञ्चक जित हात पारेको छ।

मंगलबार सम्पन्न खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदा १७१ रन बनायो। योसँगै चितवनले २ अंक जोडेको छ।

चितवनका रवीले सर्वाधिक ५२ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। जारी प्रतियोगितामा यो तेस्रो अर्धशतक हो। यसअघि जनकपुर बोल्ट्सका ओपनर आसिफ शेख र यही खेलमा कर्णालीका प्रियांक पाञ्चालले अर्धशतक प्रहार गरेका थिए।

युवा ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए। सैफ जैब ३८ र कप्तान कुशल मल्ल २० रनमा आउट हुँदा अर्जुन साउद ८ रनमा अविजित रहे।

कर्णालीका सोमपाल कामीले सर्वाधिक २ विकेट लिए। युनिस सिंह, मार्क वार्ट र युवराज खत्रीको नाममा समान १ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो।

कर्णालीका प्रियांक डेब्यु खेलमा शतकनजिक पुगेर चुके। ४८ बल खेलेका ओपनरले ७ चौका र ६ छक्कासहित ९० रन बनाए। जारी प्रतियोगितामा यो दोस्रो अर्धशतक हो। यसअघि उद्घाटन खेलमा काठमान्डु गोर्खाजविरुद्ध साबिक विजेता जनकपुर बोल्ट्सका ओपनर आसिफ शेखले पहिलो अर्धशतक बनाएका थिए।

म्याक्स ओ’ डाउड २० र मार्क वार्ट १६ रनमा आउट हुँदा पवन सर्राफले २७ र नजिबुल्लाह जद्रानले अविजित रहँदै ४ रन थपे। चितवनका सैफ जैब, सोहेल तान्भिर र रवी बोपाराले समान १ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्